काभ्रे । काभ्रेको पाँचखाल नगरपालिकाका ६५ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ।
नगरभित्रका ७ सय भन्दा बढी नागरिकको निःशुल्क आँखा परिक्षण गर्दा मोतिविन्दु देखिएका मध्ये ६५ जनाको सनिबार शल्यक्रिया गरिएको हो। शल्यक्रियाका लागि ९५ जनाले नाम दर्ता गराएका थिए।
आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्था र पाँचखाल नगरपालिकाको संयुक्त आयोजनामा नगरका सबै वडामा ३ दिनसम्म मोतिविन्दुको निःशुल्क स्क्रिनिङ शिविर गरिएको थियो।
माघ २, ३ र ४ गते सञ्चालन गरिएको स्क्रिनिङ शिविरबाट ७ सय भन्दा बढीको आँखा परिक्षण गरिएको र ६५जनाको मोतिविन्दुको शल्यक्रिया गरिएको संस्थाका उपाध्यक्ष राजन कार्कीले जानकारी दिए। साकोसका अध्यक्ष बाबुकाजी पराजुलीले शिविरसँगै सचेतना कार्यक्रम पनि सञ्चालन गरिएको जानकारी दिएका छन्।
नगरपालिकाका ११ वटा स्थानमा शिविर सञ्चालन गरिएको बनेपा सेवा केन्द्रका प्रमुख प्रभु कोइरालाले जानकारी दिए। शिविरका लागि माट्रिका आई सेन्टर नयाँ वानेश्वर काठमाडौंले प्राविधिक सहयोग गरेको थियो।