मानसिक स्वास्थ्यबारे छलफल गर्दै मनाइयो नारी दिवस

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ फागुन २५, आईतबार (३ महिना अघि)
  • ४४३ पटक पढिएको

मानसिक स्वास्थ्यबारे छलफल गर्दै मनाइयो नारी दिवस

काभ्रे/ मानसिक स्वास्थ्यबारे छलफल गर्दै नारी दिवस मनाइएको छ।नारी दिवसको अवसरमा सदाझैं गरिने भन्दा फरक कार्यक्रम धुलिखेलमा आयोजना गरिएको हो।

काभ्रे महिला उद्यमी संघ, नेवाः मिस दबु, नेपालीज योङ्ग इन्टरप्रेनर फोरम काभ्रे, रोटरी क्लब अफ धुलिखेल र रोट्रयाक्ट क्लब अफ काठमाडौं युनिर्भसिटी मेडिकल स्कुलको संयुक्त आयोजनामा ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शनिबार धुलिखेलमा मानसिक स्वास्थ्य सम्बन्धि समस्या न्यूनिकरण गर्न अभिमुखिकरण र अन्तरक्रिया गरियो । सहभागीमध्येले नै आफूले झेलेको मानसिक समस्या र यसलाई कसरी जितियो भन्ने अनुभव आदानप्रदान गरे ।

पछिल्लो समय बढ्दै गएको मानसिक स्वास्थ्य सम्बन्धि समस्या ओझेलमा परेकाले यस्ता कार्यक्रमहरुले महिलाहरुलाई उत्साह पैदा भई, निडर भएर आफ्नो कार्य क्षेत्रमा लाग्न मद्दत गर्ने विश्वासका साथ कार्यक्रम आयोजना गरिएको गरिएको नेपालीज योङ्ग इन्टरप्रेनर फोरम काभ्रेकी अध्यक्ष ज्योत्सना सैंजुले बताइन् ।

मानसिक स्वास्थ्य सम्बन्धी समस्याको पहिचान, उपचार, खोजीनिती, न्यूनिकरणका उपाय लगायतका विषयमा धुलिखेल अस्पतालका मनोविज्ञ रेबाका माकजु श्रेष्ठले प्रस्तुतीकरण दिएकी थिइन् ।

धुलिखेलका अस्पतालका डा. श्रेया श्रेष्ठ र स्नेहा श्रेष्ठले मानसिक समस्या समाधानको लागि अपाइने विभिन्न विधी र गतिविधीबारे अनुभव सुनाएका थिए । कार्यक्रममा क्यारोन धुञ्जु, आशिष हुमागाई लगायतले मानसिक स्वास्थ्यका विभिन्न पक्षबारे चर्चा गरे ।

कार्यक्रममा मानसिक तनाव न्यूनिकरणका उपाय बारे जानकारीका साथै सास्कृतिक प्रस्तुती, मेडिटेसन (ध्यान) समेत गराइएको थियो ।

ताजा अपडेट

२०८२ अषाढ १६, सोमबार

काभ्रेमा ३८ प्रतिशत रोपाई

खोजी गर्नुहोस