नेपाल र स्कटल्यान्डबीचको खेल वर्षाका कारण रद्द

  • काभ्रे खबर
  • / खेलकुद /
  • २०८१ कार्तिक २०, मंगलबार (१ साल अघि)
  • ५९० पटक पढिएको

नेपाल र स्कटल्यान्डबीचको खेल वर्षाका कारण रद्द

आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको नेपाल र स्कटल्यान्डबीचको खेल वर्षाका कारण रद्द भएको छ।

सोमबार राति डलासस्थित ग्रान्ड पेरी क्रिकेट मैदानमा भएको खेल पहिला ब्याटिङ गरेको नेपालले ६ ओभरमा १ विकेटको क्षतिमा २६ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको हो। त्यसअघि पहिलो ओरभ सकिनेवित्तिकै वर्षाले लामो समय अवरुद्ध भएको छ।

त्यसपछि खेल हुन नसक्दा दुवै टिमले अंक बाँडे।

अमेरिकामा भएको सिरिजमा नेपालले ३ अंक मात्र जोड्न सक्यो। नेपाल घरेलु टोली अमेरिकासँगका दुवै खेलमा पराजित भयो भने पहिलो खलमा स्टकल्यान्डलाई हराएको थियो।

तालिकामा नेपाल १२ खेलमा ६ अंकसहित सातौं स्थानमा छ भने अमेरिका १२ खेलमा १६ अंकसहित शीर्ष स्थानमा छ। १६ अंक नै जोडेको क्यानडा दोस्रो, १४ अंकसहित स्कटल्यान्ड तेस्रो र १२ अंकसहित नेदरल्यान्ड्स चौथो स्थानमा छन्।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस