सुनको मूल्यले फेरि बनायाे रेकर्ड

  • काभ्रे खबर
  • / अर्थ/व्यवसाय /
  • २०८१ आश्विन ८, मंगलबार (१ साल अघि)
  • ४४४ पटक पढिएको

सुनको मूल्यले फेरि बनायाे रेकर्ड

सुनको मूल्य केही दिनयता निरन्तर उकालो लागिरहेको छ । र, निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ।

मंगलबार पनि सुनको मूल्यमा सोही क्रममले निरन्तरता पायो, र नयाँ कीर्तिमान कायम भयो। मंगलबार तोलामा पाँच सय रुपैयाँ बढेर सुनको मूल्य हालसम्मकै उच्च कायम भएका ेछ।

सोमबार प्रतितोला एक लाख ५९ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५९ हजार सात सय निर्धारण भएको छ। नेपाली बजारमा यो मूल्य हालसम्मकै उच्च हो।

अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्यवृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो।

यस्तै, चाँदीको मूल्य आज तोलामा पाँच रुपैयाँले घटेको छ । सोमबार प्रतितोला एक हजार नौ सय २० मा कारोबार भएको चाँदी आजका लागि रु एक हजार नौ सय १५ निर्धारण भएको छ।

ताजा अपडेट

२०८२ कार्तिक २८, शुक्रबार

कृषिका विविध कार्यक्रम गरिरहेका छौं

२०८२ कार्तिक २२, शनिबार

विदेश छाडेर पाखाबारी सजाउँदै कुँवर

२०८२ कार्तिक १७, सोमबार

पशुपालनमा रुपेशको लोभ लाग्दो छलाङ

खोजी गर्नुहोस