भारतको अनुदानमा दुई पेट्रोलियम पाइपलाइन बनाउने सम्झौता

  • काभ्रे खबर
  • / अर्थ/व्यवसाय /
  • २०८१ आश्विन १७, बिहिबार (९ महिना अघि)
  • ३८६ पटक पढिएको

भारतको अनुदानमा दुई पेट्रोलियम पाइपलाइन बनाउने सम्झौता

भारत सरकारको अनुदान सहयोगमा दुई पेट्रोलियम पाइपलाइन बनाउन सम्झौता भएको छ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिका प्रसाद भट्ट र इण्डियन आयल कर्पोरेशनका निर्देशक सेन्थल कुमार बीच विहीबार पेट्रोलियम पाइपलाइन र भण्डारण क्षमता निर्माण सम्बन्धी सम्झौता भएको हो।

भारतको सिलिगुडीदेखि नेपालको झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन र झापाको आरआलीमा १८ हजार ९ सय किलोमिटर क्षमताको स्मार्ग ग्रिनफिल्ड टर्मिनल भारत सरकारको अनुदानमा निर्माण हुनेछ।

यस्तै, सम्झौता अनुसार नेपालको अमलेखगञ्जबाट चितवनको लोथरसम्म ६२ किलोमिटर लामो पेट्रोलिम पाइपलाइन परियोजना समेत भारत सरकारको अनुदानमा निर्माण हुनेछ।

लोथरमा ९१ हजार ९ सय किलोलिटर क्षमताको स्मार्ट ग्रिनफिल्ड टर्मिनल भारत सरकारको प्राविधिक सहयोगमा नेपाल आयल निगमको लगानीमा निर्माण हुने भएको छ। निगमका अनुसार यी परियोजनाहरूको कुल लागत १५ अर्ब रुपैयाँ अनुदान रहेको छ।

ताजा अपडेट

२०८२ अषाढ ३१, मंगलबार

सञ्चालनमा आयो वीपी राजमार्ग

खोजी गर्नुहोस