लागुऔषधसहित दुई जना पक्राउ

  • काभ्रे खबर
  • / अपराध /
  • २०८१ चैत्र २७, बुधबार (११ महिना अघि)
  • ४१२ पटक पढिएको

लागुऔषधसहित दुई जना पक्राउ

काभ्रेको बनेपा नगरपालिका–८ बाट सशस्त्र प्रहरीले लागुऔषध पोल्याण्ड सहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धुलिखेल नगरपालिका–६ बस्ने अमृत भण्डारी र धुलिखेल–४ बस्ने ३० वर्षीय श्रीकृष्ण सत्याल छन्।

आरोपीहरुको साथबाट ५ किलो लागुऔषध पोल्याण्ड बरामद गरिएको सशस्त्र प्रहरी १५ नं. गण पाँचखाल हेडक्वार्टर प्रमुख एसपी प्रेम प्रसाईंले बताए।

सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोको सुचनाको आाधारमा नम्बर–१५ गण काभ्रेले उनीहरूलाई पक्राउ गरेर स्थानिय प्रहरीलाई जिम्मा लगाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस