काठमाडौं आइपुगे सोनु निगम

  • काभ्रे खबर
  • / मनोरञ्जन /
  • २०८१ पौष १०, बुधबार (६ महिना अघि)
  • २५१ पटक पढिएको

काठमाडौं आइपुगे सोनु निगम

भारतीय चर्चित गायक सोनु निगम बुधबार नेपाल आइपुगेका छन्। क्रिसमस अवसरमा आज बेलुका आयोजना हुने कन्सर्टमा सांगीतक प्रस्तुति दिनसोनु निगम अपरान्ह् काठमाडौं आइपुगेका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई आयोजक नेपाल टचका पदाधिकारीले स्वागत गरे।

प्रशस्तै हिट नेपाली पनि गाइसकेका निगमले बेलुका हायात रिजेन्सीको मैदानमा हुने कन्सर्टमा प्रस्तुति दिनेछन्। उनले ३ घण्टा आफ्ना हिट गीतमार्फत दर्शकलाई मनोरञ्जन दिने आयोजकले जनाएको छ।

झण्डै १० हजार दर्शक निगमको कन्सर्टमा सहभागि हुने अपेक्षा गरिएको छ। उनले फिल्म ‘सिमाना’को चर्चित गीत ‘उकाली ओराली गर्दै’ लगायतका आधादर्जन नेपाली गीत पनि गाउनेछन्।

निगम बिहीबार बेलुका भारत फर्किने तयारी छ। त्यसअघि उनले पशुपतिनाथ दर्शन र पर्वतीय उडान भर्नेछन्।

ताजा अपडेट

२०८२ अषाढ ३१, मंगलबार

सञ्चालनमा आयो वीपी राजमार्ग

खोजी गर्नुहोस