मित्र भोछिभोयाले ल्याए दाप्चा बजारमा

  • काभ्रे खबर
  • / मनोरञ्जन /
  • २०८१ माघ १२, शनिबार (५ महिना अघि)
  • १३५२ पटक पढिएको

मित्र भोछिभोयाले ल्याए दाप्चा बजारमा

चर्चित ब्यान्ड ग्लुमी गाइजका गायक तथा संगीतकार मित्र भोछिभोया नयाँ गीत ‘दाप्चा बजारमा’ लिएर आएका छन्।

भोछिभोयाले यो गीत आफ्नै युट्युब च्यानल मित्र भोछिभोयामार्फत सार्वजनिक भएको छ।

सिन्धुलीयन गुराँसले लेखेका शब्दमा गायक भोछिभोयाले नै संगीत भरेका छन् भने संगीत संयोजन पनि उनकै छ। आयुष शाक्यले खिचेको भिडियोमा नमोबुद्ध नगरपालिकाको ऐतिहासिक शहर दाप्चा बजारकै पृष्ठभूमि देखाइएको छ।

करिब तीन दशक गीत–संगीत क्षेत्रमा बिताएका भोछिभयाले एक सय भन्दा बढी गीतमा आफ्नो स्वर दिइसकेका छन्।

आकाशैमा चील उड्यो फनन, टाटा गाडिमा, पिरतीको तालमा, यसपालि जस्ता लोकप्रिय गीतहरु आफ्ना ब्याण्डमार्फत गाएका छन्।

हेनुस् भिडियाे

ताजा अपडेट

२०८२ अषाढ ३१, मंगलबार

सञ्चालनमा आयो वीपी राजमार्ग

खोजी गर्नुहोस