मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ आश्विन ६, आईतबार (१ साल अघि)
  • ५४६ पटक पढिएको

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। प्रहरीको साइबर ब्युरोको टोलीले प्रसाईंलाई आइतबार दिउँसो भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको हो।

उनीविरूद्ध सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको र व्यक्तिको चरित्र हत्या गरेको आरोप लगाउँदै उजुरी परेको थियो।

उजुरी परेपछि ब्युरोले प्रसाईंलाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो। काठमाडौं जिल्ला अदालतले गत बुधबार नै प्रसाईंलाई पक्रन प्रहरीलाई अनुमति दिएको थियो।

अदालतबाट पक्राउ पुर्जी जारी भएको पाँच दिनपछि प्रहरीले उनलाई उनकै घरबाट पक्राउ गरेको हो।

प्रसाईंलाई पक्राउ गर्न दर्जनौं संख्यामा प्रहरी परिचालन गरिएको थियो। उनीविरूद्ध विद्युतीय कारोबार ऐन अनुसार अनुसन्धान हुने साइबर ब्युरोले जनाएको छ। ‍

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस