विश्वको समस्यासँग जुध्न सहकार्यको खाँचो : मन्त्री डा.राणा

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ आश्विन ११, शुक्रबार (२ महिना अघि)
  • १०४ पटक पढिएको

विश्वको समस्यासँग जुध्न सहकार्यको खाँचो : मन्त्री डा.राणा

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले एशियाली मुलुकमा शान्ति, अमनचैन र समृद्धिका लागि एशियाली सहकार्य संवादको दृष्टिकोण अनुसार काम गर्न नेपाल प्रतिबद्ध रहेको बताएकी छिन्।

संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन अमेरिकामा रहेका मन्त्री डा. राणाले बिहीबार भएको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दे उक्त धारणा राखेकी हुन्।

‘हामीहरुको साझा घर पृथ्वीमा जलवायु परिवर्तनका कारण विगतमा कहिल्यै भोग्नु नपरेको चुनौतीहरुको सामना गर्नु परिरहेको छ, यो तत्कालै सम्बोधन हुनुपर्ने विषय हो,’ उनले भनिन्। जलवायु परिवर्तनबाट जुध्न नेपाललाई अन्तर्राष्ट्रिय सहयोगको खाँचो उनले बताइन्।

अहिले हिमशृंखलामा परेको वातावरणीय असरको कारणले बाढीपहिरो तथा पूर्वाधारहरुको क्षयीकरण बढिरहेको उल्लेख गर्दै मन्त्री डा. राणाले यसलाई सम्बोधन गरेर मानवीय संकट कम गर्न सबै तप्काले सहकार्य गर्न जरुरी रहेको बताइन्।

मन्त्री राणाले एशियाली देशहरुले यस्ता समस्यासँग जुध्न कसरी रणनीति बनाएर सामना गर्न सक्छौ भन्ने कुराले एशियाली सहकार्य संवादको उपादेयिता हुने विषय मापन गर्ने बताइन्।

‘हाम्रो दृष्टिकोण र प्रतिबद्धताले एशिया र विश्वलाई चुनौतीहरुको सामना गर्ने माध्यम बन्न सकोस्,’ मन्त्री डा. राणाले भनिन्। नेपाल सन् २०१६ देखि एशियाली सहकार्य संवादसँग जोडिदै आएको छ।

ताजा अपडेट

२०८१ मंसिर २१, शुक्रबार

स्वदेश फिर्किए भुटानी राजा वाङचुक

२०८१ मंसिर २१, शुक्रबार

काठमाडौं आइपुगे भुटानका राजा

खोजी गर्नुहोस