पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर सानो गौचरणमा

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ मंसिर ३, सोमबार (१ साल अघि)
  • २०८ पटक पढिएको

पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर सानो गौचरणमा

पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको छ।

सानो गौचरमा श्रद्धाञ्जलीपछि पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिनेछ । यतिबेला सानो गौचरणमा सर्वसाधारणको बाक्लो उपस्थिति छ। नेता एवं विभिन्न निकायका विशिष्ट व्यक्तिहरुको आउनेक्रम पनि सुरु भएको छ।

नेपाल सरकारले राजकीय सम्मानका साथ पूर्वसभामुख ढुङ्गानाको अन्त्येष्टि गर्ने निर्णय गरिसकेको छ।

कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो।

त्यसलगत्तै ढुङ्गानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शव गृहमा राखिएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस