दुर्गा प्रसाईं ५ दिन थुनामा राख्न अदालतले दियो अनुमति

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ मंसिर ५, बुधबार (१ साल अघि)
  • ४३४ पटक पढिएको

दुर्गा प्रसाईं ५ दिन थुनामा राख्न अदालतले दियो अनुमति

साइबर अपराधमा अनुसन्धनका लागि मंगलबार पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोलाई अनुमति दिएको छ।

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईंलाई पाँच दिन थुनामा राख्न अनुमति दिएको हो। मंगलबार भक्तपुरस्थित घरबाटै पक्राउ परेका प्रसाईंलाई म्याद थपका लािग बुधबार बिहानै अदालत पेश गरिएको थयो।

उनीमाथि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मिथ्या र गलत सामग्रीबारे दुष्प्रचार गरेको आरोप छ।

ताजा अपडेट

खोजी गर्नुहोस