अस्पताल पुगेर प्रधानमन्त्री ओलीले बुझे राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ मंसिर २१, शुक्रबार (१ साल अघि)
  • ३११ पटक पढिएको

अस्पताल पुगेर प्रधानमन्त्री ओलीले बुझे राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे बुझ्न प्रधानमन्त्री केपी ओली त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगञ्ज पुगेका छन्।

प्रधानमन्त्री ओलीले शुक्रबार अपरान्ह अस्पताल पुगेर राष्ट्रपति पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गदैै उपचारमा आवश्यक सबै प्रबन्ध गर्न सम्बन्धित अधिकारी र चिकित्सकलाई आग्रह गरे।

राष्ट्रपति पौडेल प्रोस्टेटसम्बन्धी समस्याका कारण केही दिनदेखि अस्पतालमा उपचाररत छन्।

प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलको उपचारमा संलग्न चिकित्सकसँग राष्ट्रपतिको उपचारको सम्पूर्ण विवरणबारे जानकारी लिएका थिए।

मंसिर १९ गते अस्पताल भर्ना भएका राष्ट्रपति पौडेलको आधुनिक प्रविधिबाट शल्यक्रिया गरिएको थियो । हाल उनको अवस्था सुधारोन्मुख र सामान्य रहेको अस्पतालले जनाएको छ।

ताजा अपडेट

२०८३ भाद्र २२, सोमबार

कांग्रेसले दियो सरकारलाई १ करोड

२०८३ भाद्र २०, शनिबार

हामीले बिर्सेको योजना

यो साताको प्रचलित

खोजी गर्नुहोस