काभ्रेमा क्यान्सरविरुद्ध एचपिभी खोप अभियान सुरु

१६ हजार एक सय १३ जनालाई खोप लगाउने लक्ष्य
  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ माघ २२, मंगलबार (९ महिना अघि)
  • ६११ पटक पढिएको

काभ्रेमा क्यान्सरविरुद्ध एचपिभी खोप अभियान सुरु

धुलिखेल/ एचपिभी ह्युमन प्यापिलोमा भाइरस विरुद्धको राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत मंगलवारवाट काभ्रेमा पनि निशुल्क खोप अभियान सुरु भएको छ । जिल्लास्तरिय खोप समन्वय समितिले मंगलबार धुलिखेल–७ स्थित सञ्जीवनी माविमा औपचारिक कार्यक्रमसहित एचपिभी खोप कार्यक्रम शुरुवात गरेको हो । अन्य जिल्लामा फागुन ६ गतेसम्म एकैपटक सञ्चालन हुने खोप काभ्रेमा दुई चरणमा लगाउने तषरी छ । जिल्लास्तरिय खोप समन्वय समितिको निर्णयअनुसार सहज व्यवस्थापनका हिसाबले कार्यक्रम दुई चरणमा हुने र तोकिएको समयभित्रै खोप सम्पन्न हुने गरी योजना बनाइएको जनस्वास्थ्य कार्यालय प्रमुख रागीश्री कक्षपति श्रेष्ठले जानकारी दिनुभयो । धुलिखेल, बनेपा, पनौती, पाँचखाल, बेथानचोक, महाभारत र खानीखोलामा पहिलो चरणमा २९ गतेभित्रै र नमोबुद्ध, मण्डनदेउपुर, भुम्लु, तेमाल, रोशी र चौंरीदेउरालीमा फागुन १–६ गतेभित्रै एचपिभी खोप लगाइने योजना स्वीकृत भएको छ । जिल्लाका दुई सय ५२ सामुदायिक विद्यालय तथा ८४ निजी विद्यालयका १५ हजार छ सय ७४ छात्रा र विद्यालय बाहिर रहेका चार सय ३९ किशोरी गरी १६ हजार एक सय १३ जनालाई खोप लगाउने तयारी छ । जिल्लास्थित १३ स्थानीय तहमा कक्षा ६ मा अध्ययनरत तीन हजार ३ सय ५० र कक्षा ७ देखि १० का १२ हजार तीन सय २४ गरी विद्यालय तहमा १५ हजार छ सय ७४ छात्रालाई खोप लगाइने छ ।यस्तै, विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका ४ सय ३९ किशोरीलाई खोप लगाउने लक्ष्य छ । सबैभन्दा बढी बनेपामा ४ हजार २९ जनालाई खोप लगाइँदैछ भने सबैभन्दा कम ४ सय ५० जनालाई चौंरीदेउरालीमा लगाइँदैछ । स्तै, पनौतीमा २ हजार ४ सय ९५, पाँचखालमा १ हजार ४ सय ७६, धुलिखेलमा १ हजार ४ सय १६ र रोशीमा १ हजार १ सय ४८ जनालाई खोप लगाइँदैछ । मण्डनदेउपुरमा ९८०, नमोबुद्धमा ९७२, महाभारतमा ८७६, खानीखोलामा ६७६, बेथानचोकमा ६२८, भुम्लुमा ५२८, तेमालमा ४८७ जनालाई खोप लगाइँदैछ ।

ताजा अपडेट

२०८२ कार्तिक २८, शुक्रबार

कृषिका विविध कार्यक्रम गरिरहेका छौं

२०८२ कार्तिक २२, शनिबार

विदेश छाडेर पाखाबारी सजाउँदै कुँवर

२०८२ कार्तिक १७, सोमबार

पशुपालनमा रुपेशको लोभ लाग्दो छलाङ

खोजी गर्नुहोस