परराष्ट्रमन्त्री डा.राणा ओमान प्रस्थान

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ फागुन २, शुक्रबार (१ साल अघि)
  • ५८७ पटक पढिएको

परराष्ट्रमन्त्री डा.राणा ओमान प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा ओमान भ्रमणका लागि शुक्रबार त्यसतर्फ प्रस्थान गरेकी छन्।

ओमानका विदेशमन्त्री सायद बद्र बिन हमाद बिन हमूद अल बुसैदीको निमन्त्रणामा मन्त्री राणा एक साता लामो भ्रमणका लागि त्यसतर्फ प्रश्थान गरेकी हुन्।

चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओमान प्रस्थान गरेको मन्त्रालयले जनाएको छ। ‘समुद्री साझेदारीको नयाँ क्षितिजतर्फको यात्रा’ भन्ने नाराका साथ मस्कटमा आयोजना हुने ‘आठौँ हिन्द महासागर सम्मेलन’ मा भाग लिने कार्यक्रम रहेको जनाइएको ।

मन्त्रालयले जनाए अनुसार भ्रमणका क्रममा मन्त्री डा.राणाले ‘विश्वको दक्षिणी भेगको आवाजलाई बुलन्द पार्ने’ शीर्षकमा सम्मेलनको पूर्ण सत्रलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । भ्रमणका क्रममा ओमानका विदेशमन्त्री, ऊर्जा तथा खनिजमन्त्री र ओमानका अन्य सम्बन्धित मन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम समेत छ।

भ्रमणका क्रममा परराष्ट्र मन्त्री डा.राणाले खाडी सहयोग परिषद् (जिसिसी) राष्ट्रहरूमा रहेका नेपाली राजदूत र नियोग प्रमुखसँग भर्चुअल बैठक गर्ने जनाइएको छ।

साथै, मस्कटमा रहँदा नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेको मन्त्रालयले जनाएको छ। यस अतिरिक्त आपसी सहयोगका क्षेत्रमा केही समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम पनि रहेको छ।

 

ताजा अपडेट

२०८३ भाद्र २२, सोमबार

कांग्रेसले दियो सरकारलाई १ करोड

२०८३ भाद्र २०, शनिबार

हामीले बिर्सेको योजना

यो साताको प्रचलित

खोजी गर्नुहोस