मधेसी शहीद प्रतिष्ठानका सदस्य नरेश यादव मृत फेला

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ फागुन २०, मंगलबार (८ महिना अघि)
  • २७९ पटक पढिएको

मधेसी शहीद प्रतिष्ठानका सदस्य नरेश यादव मृत फेला

जनकपुर । मधेसी शहीद प्रतिष्ठानका सदस्य नरेश यादव मृत अवस्थामा फेला परेका छन्।

जनकपुरधामस्थित मधेश भवन परिसरभित्र रहेको आफ्नो निवासमै यादव मंगलबार बिहान मृत भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक (डीएसपी) वरुणबहादुर सिंहका अनुसार यादव आफ्नै ओछ्यानमा मृत अवस्थामा भेटिएका थिए। उनको कोठाभित्र वान्ता गरेको समेत फेला परेको प्रहरीले जनाएको छ ।

मृत्युको कारण हालसम्म खुल्न सकेको छैन। शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल, जनकपुरधाम लगिएको छ।

प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको छ भने पोस्टमार्टम रिपोर्टपछि मृत्युको वास्तविक कारण खुल्ने जनाएको छ।

ताजा अपडेट

२०८२ कार्तिक २८, शुक्रबार

कृषिका विविध कार्यक्रम गरिरहेका छौं

२०८२ कार्तिक २२, शनिबार

विदेश छाडेर पाखाबारी सजाउँदै कुँवर

२०८२ कार्तिक १७, सोमबार

पशुपालनमा रुपेशको लोभ लाग्दो छलाङ

खोजी गर्नुहोस