काभ्रेको पनौतीमा एक महिला मृत फेला

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ भाद्र २५, मंगलबार (१ साल अघि)
  • ४६४ पटक पढिएको

काभ्रेको पनौतीमा  एक महिला मृत फेला

काभ्रे । काभ्रे जिल्लाको पनौती नगरपालिका- ४ मा एक महिला मृत फेला परेकी छन् ।

बनेपा ११ सल्ले घर भई पनौती-४ मा बस्ने शान्ति तामाङ पनौती-४ दूधमिल पछाडि खेतमा मृत अवस्थामा फेला परेकी हुन मंगलबार बिहान ६:१५ बजे पनौती नगरपालिका-४ दुधमिल पछाडि खेतको आली छेउमा उनको शव फेला परेको हो ।

मृतक बनेपा नगरपालिका-११ सल्ले घर भई हाल पनौती नगरपालिका -४ कुमारी बैंक पछाडि डेरा गरी बस्ने वर्ष ३५ की शान्ति तामाङ रहेको प्रहरीले जानकारी दिएको छ ।

मृतकको छोरा सञ्जय तामाङले सनाखद गरेको जिल्ला प्रहरि कार्यालय काभ्रेको सुचना अधिकारी राज कुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीका अनुसार घटनबारे थप अनुसन्धान भइरहेको छ ।

ताजा अपडेट

२०८२ कार्तिक २८, शुक्रबार

कृषिका विविध कार्यक्रम गरिरहेका छौं

२०८२ कार्तिक २२, शनिबार

विदेश छाडेर पाखाबारी सजाउँदै कुँवर

२०८२ कार्तिक १७, सोमबार

पशुपालनमा रुपेशको लोभ लाग्दो छलाङ

खोजी गर्नुहोस