काभ्रेको घर्तिछापमा मगर ईतिहास सम्बन्धि अन्तरक्रिया कार्यक्रम सप्पन्न

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ आश्विन ६, आईतबार (२ साल अघि)
  • ७७५ पटक पढिएको

काभ्रेको घर्तिछापमा मगर ईतिहास सम्बन्धि अन्तरक्रिया कार्यक्रम सप्पन्न

काभ्रे – महाभारत -८ मगर भाषाकाे संरक्षण,उत्पति विकास , ईतिहास र यसकाे वंशावलीकाे बारेमा घर्तिछापमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपालमा जनजातिहरु मध्ये सबैभन्दा धेरैकाे संख्यामा रहेकाे मगर समुदायकाे भाषा,धर्म, परम्परा संस्कृति र वंशावली लगायत अन्य बिबिध बिषयमा छलफल भएको छ । मगर जातीकाे ईतिहास उत्पत्ति भेषभाषा लगायत चालचलन, रहनसहन काे बारेमा गहन छलफल भएको छ ।

पिङडाडाँ नमुना समुह सगँकाे सहकार्यमा अायाेजनामा भएको उक्त अन्तर्क्रिया कार्यक्रममा प्रमुख अतिथि मगर संघका केन्द्रीय सदस्य अम्बर बहादुर अाले मगर बिशेष अतिथि नेपाल बाैद्व समाज
बागमती प्रदेश उपाध्यक्ष गणेश बहादुर थापा मगर
भाषा प्रशिक्षक सुदिप यस्माली मगर वडा अध्यक्ष टंक बहादुर अाले , स्थानीय शिक्षक ईन्द्र बहादुर थापा समाजसेवी घनश्याम अाले मगर , अम्बर बहादुर अस्तानी मगर (रिजन) लगायत सम्पुर्ण मगर संर्जकहरुकाे उपस्थिति रहेको थियाे । कार्यक्रम सञ्चालन भाषा प्रशिक्षक बिजय सिजांली मगरले गरेका थियोे ।
अायाेजक पिङडाडाँ नमुना समूहकाे कार्यालय भवनमा सम्पन्न भएको अन्तर्क्रिया कार्यक्रम
झलक बहादुर जर्घा मगरकाे सयाेजकत्वमा सम्पन्न भएको थियाे ।

ताजा अपडेट

२०८३ आश्विन २४, शनिबार

समयको हिसाब

यो साताको प्रचलित

खोजी गर्नुहोस