काभ्रेको बनेपामा दुई विदेशी युवती लुटिए, तीनजना लुटेरा पक्राउ

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ आश्विन ९, बुधबार (२ महिना अघि)
  • १२८ पटक पढिएको

काभ्रेको बनेपामा दुई विदेशी युवती लुटिए, तीनजना लुटेरा पक्राउ

काभ्रेको बनेपा नगरपालिका ६ गोसाइस्थानस्थित १६ सय सिढीमा घुम्न गएका दुई जना विदेशी युवती लुटिएका छन् । धुलिखेल अस्पतालमा इन्टर्नसिप गर्न आएका दुई विदेशी युवती लुटिएका हुन् ।
मंगलबार साँझ बनेपा नगरपालिका– ६ भ्युटावरस्थित १६ सय सिँडिमा इभिनिङवाकमा निस्केको अवस्थामा इटालियन नागरिक अन्दाजी २८ वर्षीया मार्टिन र जर्मनी नागरिक अन्दाजी २६ वर्षीया एलेक्स जेन्ड्रा लुटिएका थिए । उनीहरुलाई चक्कुदेखाउँदै लुटपाट गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नवलपरासी घर भइ हाल काभ्रेको बनेपा नगरपालिका– ६ सान फर्निचरमा काम गर्ने २० वर्षीय हरि चौधरी, रामेछाप सुनापाती गाउँपालिका घर भइ हाल बनेपा– ९बस्ने वर्ष १७ को सन्देश जैरु र काभ्रेको पनौती नगरपालिका– ९ सुनथान बस्ने वर्ष १६ को उज्वल दाहाल रहेका छन् ।
उनीहरुले ती दुई विदेशी युवतीलाई चक्कु देखाउँदै उनीहरुको साथमा रहेको आइफोन एकथान, स्मार्टवाच एकथान, डेबिड कार्ड एकथान, क्रेडिटकार्ड एकथान लुटेका थिए । लुटपाटपछि ती किशोर जंगलतिर भागेका थिए । उनीहरुको साथबाट लुटेका सबै सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
लुटिएपछि विदेशी युवतीले ती किशोरको हुलियासहित प्रहरीलाई खबर गरेका थिए । १ जना युवकले कानमा मुन्द्रा लगाएको र २ जनाले साइडमा कपाल झारेको हुलियाको आधारमा खोजी गर्ने क्रममा उनीहरुलाई बनेपा नगरपालिका– ७ उग्रचण्डि पेट्रोलपम्प पछाडीबाट सोही राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले २ वटा चक्कु र अन्दाजी आधा पाउ जति गाँजासमेत बरामद गरेको छ ।

ताजा अपडेट

२०८१ मंसिर २१, शुक्रबार

स्वदेश फिर्किए भुटानी राजा वाङचुक

२०८१ मंसिर २१, शुक्रबार

काठमाडौं आइपुगे भुटानका राजा

खोजी गर्नुहोस