मौसम अनुकूल भएसँगै उडान नियमित

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ आश्विन १३, आईतबार (१ साल अघि)
  • ४२१ पटक पढिएको

मौसम अनुकूल भएसँगै उडान नियमित

मौसम अनुकूल भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य आठवटा विमानस्थलबाट हवाई सेवा सञ्चालन भएको छ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले दिएको जानकारी अनुसार सबै उडानहरु नियमित सुचारु भएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान भइरहेका छन्। प्रतिकूल मौसमका कारण शुक्रबार र शनिबार चार सयभन्दा बढी उडान रद्द भएका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक १५० देखि १६० उडान हुने गरेका छन्।

यसअघि प्राधिकरणले प्रतिकूल मौसमका कारण शुक्रबार साँझ ७ः०० बजेदेखि शनिबार दिउँसोसम्म सबै आन्तरिक उडान स्थगन गरेको थियो।

ताजा अपडेट

२०८३ भाद्र २२, सोमबार

कांग्रेसले दियो सरकारलाई १ करोड

२०८३ भाद्र २०, शनिबार

हामीले बिर्सेको योजना

यो साताको प्रचलित

खोजी गर्नुहोस