सरकारी कार्यालय मंगलबार मात्रै खुल्ने

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ कार्तिक १९, सोमबार (१ साल अघि)
  • ३६१ पटक पढिएको

सरकारी कार्यालय मंगलबार मात्रै खुल्ने

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएको छ। तिहारको मुख्य दिन हिजो दाजुभाइले दिदीबहिनीबाट टीका लगाएसँगै तिहार सकिएको हो।

आइतबार नै तिहार (यमपञ्चक) समापन भए पनि आज सरकारी कार्यालय खुल्ने छैनन् । सरकारले आज पनि तिहारकै बिदा दिएको छ।

अघिल्लो वर्ष माघ २९ गते प्रकाशित राजपत्रमा कात्तिक १५ देखि १९ गतेसम्म अर्थात् तिहार बिदा उल्लेख छ।

१५ गते लक्ष्मीपूजा, १७ गते गोवर्धनपूजा र नेपाल संवत् (म्हपूजा) तथा १८ गते भाइटीका (किजापूजा) को बिदा छ, तर १६ र १९ गतेको बिदाको विवरण भने दिइएको छैन । देशभरका कार्यालय भने मंगलबार मात्रै खुल्नेछन्

२०७७ सालको तिहारमा तिथिको घटबढका कारण भाइटीका कहिले लगाउने भन्ने विवाद भएको थियो। पञ्चांग निर्णायक समितिले निकालेको पात्रोमा मंसिर १ गते भाइटीका उल्लेख थियो।

नेवार समुदायले मंसिर २ गते किजापूजा गरेको थियो। त्यसैले सरकारले तिहारको विदा एक दिन थप गरेको थियो। त्यसयता तिथि घटबढ नहुँदा अर्थात् भाइटीकामा विवाद नभए पनि सरकारले तिहारको बिदा एक दिन बढी दिने गरेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस