पूर्वसभामुख ढुंगानाको पशुपति आर्यघाटमा गरियो अन्त्येष्टि

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ मंसिर ३, सोमबार (१ साल अघि)
  • २३३ पटक पढिएको

पूर्वसभामुख ढुंगानाको पशुपति आर्यघाटमा गरियो अन्त्येष्टि

पूर्वसभामुख दमननाथ ढुंगानाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। ढुंगानाको आज (सोमबार)राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो।

आइतबार दिवंगत भएका उनलाई छोराहरु निमेष र निशेषले दागबत्ती दिएका हुन्। सो क्रममा नेपाली सेनाको टोलीले सलामी अर्पण गर्नुका साथै शोक धुन बजाएको थियो।

कलेजोसम्बन्धी समस्याको उपचारका लागि पुरानो बानेश्वरको फ्रन्टलाइन अस्पताल भर्ना भएका ८३ वर्षका ढुंगानाको उपचारका क्रममा आइतबार दिउँसो निधन भएको हो।

उनको पार्थिव शरीलाई अन्तिम श्रद्धाञ्जलीका लागि सानोगौचरनमा राखिएको थियो। त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस