बुद्ध शिक्षाको प्रचारक र अनुयायी हुन प्रधानमन्त्रीको आग्रह

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ मंसिर १४, शुक्रबार (७ महिना अघि)
  • १२७ पटक पढिएको

बुद्ध शिक्षाको प्रचारक र अनुयायी हुन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी ओलीले बुद्धका दर्शन र शिक्षाको प्रचारक र अनुयायी भएर समाजमा प्रस्तुत हुन आग्रह गरेका छन्।

लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त तथा २०औँ वार्षिकोत्सव समारोहलाईसम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबै सुखी होउन् भन्ने बुद्धका सन्देशको अर्काे रुप नै आफूहरुले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा भएकाले यसलाई पूरा गर्न सबैमा आग्रह गरे।

अभिभावको लगानी, माया र मेहनतबाट दीक्षित हुने अवस्थासम्मको सफलता प्राप्त गरेकामा अभिभावक र विद्यार्थीलाई बधाई दिँदै प्रधानमन्त्री ओलीले बुद्ध दर्शन, आचरण र शिक्षाको प्रचारक र अनुयायी भएर समाजमा प्रस्तुत हुन आग्रह गरे।

‘मानवीय गुण भनेको ढाँटछल, जालझेल र प्रपञ्च होइन। मानवीय गुण भनेको शान्ति, करुणा र प्रेमको गुण हो,’ प्रधानमन्त्री ओलीले भने, ‘घृणाले घृणा, अशान्तिले अशान्ति र शत्रुताले शत्रुता बढाउने तथा प्रेमले प्रेम, शान्तिले शान्ति र राम्रोले राम्रो नै बढाउने बुद्धदर्शनलाई हामीले पछ्याउनुपर्छ।’

प्रधानमन्त्री ओलीले लुम्बिनी बुद्धको जन्मथलो र बौद्ध दर्शनको पनि थलो भएको उल्लेख गर्दै यसलाई पावन भूमिका रुपमा विकासित र प्रचारप्रसार गर्न सरकारले पहल गर्दै आएको बताए।

उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको आयोजना गरेको र दोस्रो कार्यकालमा पाँच हजार जना सहभागी हुन सक्ने ध्यान केन्द्र बनाउने काम गरेको स्मरण गरे।

समारोहमा कुलपति ओलीबाट भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधिसहित विभिन्न संकायमा उपाधिप्राप्त २८९ जना दीक्षित भएका थिए।

ताजा अपडेट

२०८२ अषाढ १६, सोमबार

काभ्रेमा ३८ प्रतिशत रोपाई

यो साताको प्रचलित

खोजी गर्नुहोस