एसवाई प्यालन भुटानमा पनि निर्यात

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ मंसिर ३०, आईतबार (१ साल अघि)
  • ३९८ पटक पढिएको

एसवाई प्यालन भुटानमा पनि निर्यात

दक्षिण कोरिया हुँदै विभिन्न देशहरुमा लोकप्रिय बनेको प्यानल एसवाई प्यानल भुटानमा पनि निर्यात सुरु भएको छ।

शुक्रबारबाट एसवाई प्यानल भुटान निर्यात सुरु गरिएको हो। चितवन रत्ननगर पिठुवामा रहेको फ्याक्ट्रीबाट प्यानल भुटान निर्यात सुरु गरिएको एसवाई प्यानल नेपालका निर्देशक अविरल जिम्बाले जानकारी दिए।

एसवाई प्यानल बिल्डर्स भुटान नाममा कम्पनी स्थापना गरेर भुटान प्यानल निर्यात सुरु गरिउको म्यानेजर जीवन बरालले बताए।

भुटानको वातावरणको लागि एस प्यानल उपयुक्त हुने भएकोले पनि एसवाई प्यानल भुटान भित्र्याउन लागेको एसवाई प्यानल बिल्डर्स भुटानका अध्यक्ष उग्गेन लामा बताउँछन्।

नेपाललगायत विभिन्न देशहरुमा जसरी एसवाई प्यानल लोकप्रिय छ, त्यसरिनै भुटानमा पनि लोकप्रिय हुने विश्वास एसवाई प्यानल नेपालका म्यानेजिङ डाईरेक्टर छोइ दोङ इलले व्यक्त गरे।

एसवाई प्यानल नेपाल लिमिटेडले ७ वर्षदेखि नेपालमा निरन्तर सुरक्षित घर निर्माणका सामाग्री उत्पादनसहित वितरण पनि गरिरहेको छ।

कम्पनीको आईपियो पनि छिट्टै जारी गर्ने तयारमिा रहेको निर्देशक जिम्बाले बताए।

नेपालमा उत्पादित सामाग्रीहरु तेस्रो मुलुकमा निर्यात कमै मात्रामा हुने गर्दछ यस कम्पनीको उत्पादन भने अब धेरै मात्रामा जाने विश्वास पनि निर्देशक जिम्बाले व्यक्त गरे।

ताजा अपडेट

२०८३ भाद्र २२, सोमबार

कांग्रेसले दियो सरकारलाई १ करोड

२०८३ भाद्र २०, शनिबार

हामीले बिर्सेको योजना

यो साताको प्रचलित

खोजी गर्नुहोस