लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकोप्टरमा चरा ठोक्कियो, साँगामा अवतरण

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ पौष १४, आईतबार (११ महिना अघि)
  • ४०० पटक पढिएको

लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकोप्टरमा चरा ठोक्कियो, साँगामा अवतरण

लुक्लाबाट काठमाडौं आउँदै गरेको हेली एभरेस्टको हेलिकोप्टरमा चरा ठोकिएको छ।

लुक्लाबाट ५ जना विदेशी यात्रु राखेर काठमाडौं आउँदै गरेको होलिकोप्टर चरासँग ठोक्किएपछि उक्त हेलिकोप्टर साँगामा आकस्मिक अवतरण गरिएको छ।

सो घटनापछि हेली एभरेस्टले यात्रुलाई त्यहीँ झारेको छ। यात्रुहरुलाई सडकमार्गबाट काठमाडौं ल्याएको बताइएको छ।

अब हेलिकोप्टरलाई प्राविधिकहरूले जाँच गरेर मात्रै काठमाडौं ल्याउने छ।

ताजा अपडेट

खोजी गर्नुहोस