काभ्रे । काभ्रेको पाँचखालमा अवैध हतियारसहित दुईना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पाँचखाल नगरपालिका वडा नं। १ का ६१ वर्षीय मंगल बहादुर तामाङ र उनका छोरा ३२ वर्षीय सन्त बहादुर तामाङ रहेका छन्।
उनीहरुले हिजो माघ ३० गते बिहान खाना नपकाएको भन्दै मंगल तामाङकी श्रीमतिलाई काट्छु मार्छु भन्दै भरुवा बन्दुक लिएर लखेटेका थिए । यसको सूचना पाएपछि प्रहरी चौकी पाँचखालबाट खटिएको टोलीले दिउसो ३ बजेतिर घर नजिकै फेला पारेर पक्राउ गरेको हो।
उनीहरुको साथबाट नालको भाग १ मिटर, बटको भाग ८० सेमी भएको १ मिटर ४३ सेन्टिमिटर लामो भरुवा बन्दुक बरामद गरिएको छ।
उनीहरुलाई जिल्ला अदालत काभ्रेबाट ७ दिनको म्याद थप गरी हातहतियार तथा खरखजाना कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।