शानदार म:मको ग्यास बिष्फोटमा घाइते बेथानचोकका छिरिङ लामाको निधन

घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ फागुन ४, आईतबार (१ साल अघि)
  • ५६८ पटक पढिएको

शानदार म:मको ग्यास बिष्फोटमा घाइते बेथानचोकका छिरिङ लामाको निधन

राजधानीको कमलपोखरी स्थित शान्दार मःम पसलमा भएको ग्यास विस्फोटको घटनामा थप एक जनाको मृत्यु भएको छ।

काभ्रेको बेथानचोक -२ घर भएर कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले बताए।

लामाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार हुँदै आएको थियो। यससँगै घटनामा परेर मृत्यु हुनेको संख्या ४ जना पुगेको छ।

माघ २४ को विस्फोटमा परेर यसअघि २२ वर्षीय प्रदीप तामाङ, हेटौंडा घर भएका १८ वर्षीय रविन राई र उदयपुर घर भएका २० वर्षीय भीम बहादुर घलेको मृत्यु भएको थियो।

ताजा अपडेट

२०८३ भाद्र २२, सोमबार

कांग्रेसले दियो सरकारलाई १ करोड

२०८३ भाद्र २०, शनिबार

हामीले बिर्सेको योजना

यो साताको प्रचलित

खोजी गर्नुहोस