रविलाई वुद्ध एयरको विमानमार्फत भैरहवा लगिँदै

  • काभ्रे खबर
  • / अन्य /
  • २०८१ कार्तिक २७, मंगलबार (७ महिना अघि)
  • १८२ पटक पढिएको

रविलाई वुद्ध एयरको विमानमार्फत भैरहवा लगिँदै

सहकारी ठगी, संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भैरहवा लगिँदैछ।

२६ दिनदेखि कास्की प्रहरीको हिरासतमा रहेका रविलाई बुद्ध एयरको विमानमार्फत भैरहवा लगिँदै छ। भैरहवा लैजानका लागि रविलाई विमानमा चढाइसकिएको छ।

रविलाई पौने ८ बजेको पहिलो विमानबाट भैरहवा ल्याउने तयारी भए पनि पोखराको मौसम खराब भएकाले उडानमा ढिलाइ भएको हो।

पोखरामा रहेको सुर्यदर्शन सहकारीसँगै बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकमसमेत हिनामिनामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि रूपन्देही प्रहरीले बयानका लागि लामिछानेलाई रुपन्देही ल्याउन लागेको हो।

लामिछानेलाई ल्याउने भएपछि गौतमबुद्ध विमानस्थल भैरहवामा पनि सुरक्षा व्यवस्था कडा बनाइएको छ। उनलाई ल्याउने तयारीपछि रास्वपा कार्यकर्ता र सुप्रिम ऋण तथा बचत सहकारी पीडितहरुले प्रदर्शन गरिरहेका छन्।

लामिछानेलाई विमानस्थलबाट सिधै जिल्ला सरकारी वकिलको कार्यालयमा लगिनेछ।

बुटवलमा रहेको सुप्रिम सहकारीको १ करोड ९६ लाख रुपैयाँ आफ्नै नाममा तथा थप १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिका नाममा गैरकानुनी ढंगले लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्क प्रालिमा लगि अपचलन गरेको आरोप छ।

ताजा अपडेट

२०८२ अषाढ १६, सोमबार

काभ्रेमा ३८ प्रतिशत रोपाई

यो साताको प्रचलित

खोजी गर्नुहोस