रास्वपाले मंसिर ८ गतेदेखि देशव्यापी आन्दोलन गर्ने

  • काभ्रे खबर
  • / रा.स्व.पा. /
  • २०८१ मंसिर २, आईतबार (३ हप्ता अघि)
  • ९१ पटक पढिएको

रास्वपाले मंसिर ८ गतेदेखि देशव्यापी आन्दोलन गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेको छ।

आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा रास्वपाका प्रवक्ता मनिष झाले आगामी मंसिर ८ गतेदेखि पार्टीले दोस्रो चरणको आन्दोलन सुरु हुने जानकारी दिए।

‘राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट दोस्रो चरणको आन्दोलनको एजेण्डा तय गरेर अगाडि बढ्नको लागि हामीले हाम्रो गृहकार्य गरेका छौं,’ उनले भने, ‘रास्वपा सरकारलाई देश सबै नेपालीका लागि बस्न लायक बनाउन, विधिको शासन स्थापना गर्न, सहकारी पीडितहरुको समस्या समाधान गर्न, अर्थतन्त्रलाई चलाएमान बनाउन र राजनीतिक प्रतिशोध तुरुन्त बन्द गर्न केही एजेण्डासहित मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन घोषणा गर्दछ।’

उनले दुई तिहाइको गठबन्धनबाट बनेको सरकारलाई कसैको डर नभएको भन्दै दुई तिहाईको आडमा गैरराजनीतिक अभ्यास गरिरहेको पनि बताए।

राजनीतिक प्रतिशोध बन्द गर्नुपर्ने, फौजदारी कानुन संशोधन गर्नुपर्ने, सहकारी पीडितको बचत रकम फिर्ता गर्नुपर्ने तथा स्वायत्त सहकारी प्राधिकरण बनाउनुपर्ने, भ्रष्टाचार काण्डको न्यायिक छानबिन गर्न स्वतन्त्र न्यायिक आयोग गठन गर्नुपर्नेलगायत रास्वपाको आन्दोलनको मुख्य एजेन्डा भएको उनले बताए।

ताजा अपडेट

२०८१ मंसिर २१, शुक्रबार

स्वदेश फिर्किए भुटानी राजा वाङचुक

२०८१ मंसिर २१, शुक्रबार

काठमाडौं आइपुगे भुटानका राजा

खोजी गर्नुहोस