पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

  • काभ्रे खबर
  • / अर्थ/व्यवसाय /
  • २०८१ भाद्र ३०, आईतबार (१ साल अघि)
  • ५३९ पटक पढिएको

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ। डिजेल र मट्टीतेलमा प्रतिलिटर पाँच र पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ मूल्य घटाएको हो।

भारतीय आयल निगमबाट आज प्राप्त नयाँ खरिद मूल्य घटेर आएकाले आज राति १२ बजेपछि लागू हुने गरी मूल्य घटाइएको नेपाल आयल निगमद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

नयाँ खरिद मूल्य प्राप्त भएपछि निगमको आजै बसेको सञ्चालक परिषद् बैठकले भाउ घटाउने निर्णय गरेको हो।

निगमको डिपो कार्यालयबाट १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य कायम गरिएको पनि निगमले जनाएको छ। निगमले विभिन्न जिल्लालाई तीन वर्गमा विभाजन गरी त्यसै अनुसार मूल्य निर्धारण गरेको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस