सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान

  • काभ्रे खबर
  • / अर्थ/व्यवसाय /
  • २०८१ भाद्र ३१, सोमबार (१० महिना अघि)
  • ४३२ पटक पढिएको

सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान

अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा पनि परेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि निर्धारण गरेको मूल्य हालसम्मकै उच्च हो। महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले वृद्धि भई कीर्तिमान कायम गरेको छ।

महसंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार तीन सय निर्धारण भएको छ जबकी आइतबार प्रतितोला एक लाख ५६ हजार आठ सयमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य तोलामा १५ ले वृद्धि भएको छ। आइतबार प्रतितोला एक हजार नौ सयमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार नौ सय १५ निर्धारण भएको छ।

ताजा अपडेट

२०८२ अषाढ ३१, मंगलबार

सञ्चालनमा आयो वीपी राजमार्ग

खोजी गर्नुहोस