सुनको मूल्य हालसम्मकै उच्च

  • काभ्रे खबर
  • / अर्थ/व्यवसाय /
  • २०८१ आश्विन ६, आईतबार (१ साल अघि)
  • ४९१ पटक पढिएको

सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ।

लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च मूल्य कायम भएको हो। अन्तर्राष्ट्रिय बजारमा पनि लगातार सुनमा मूल्य वृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा एक हजार सात सय रुपैयाँ वृद्धि भएको छ।

शुक्रबार प्रतितोला एक लाख ५७ हजार एक सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५८ हजार आठ सय निर्धारण भएको छ। असोज १ गतेको तुलनामा आजको मूल्यसूची अनुसार छापावाला सुन तोलामा दुई हजार एक सयले वृद्धि भएको छ।

यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ बढेको छ। शुक्रबार प्रतितोला एक हजार नौ सय १५ मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार नौ सय २० निर्धारण भएको छ।

ताजा अपडेट

२०८३ भाद्र २२, सोमबार

कांग्रेसले दियो सरकारलाई १ करोड

२०८३ भाद्र २०, शनिबार

हामीले बिर्सेको योजना

यो साताको प्रचलित

खोजी गर्नुहोस