अनुगमनका नाममा विद्यार्थीलाई असहज नबनाउन कांग्रेसको आग्रह

  • काभ्रे खबर
  • / शिक्षा /
  • २०८१ चैत्र ६, बुधबार (३ महिना अघि)
  • ३९९ पटक पढिएको

अनुगमनका नाममा विद्यार्थीलाई असहज नबनाउन कांग्रेसको आग्रह

बनेपा/भोली चैत्र ७ गतेबाट शुरु हुने यस वर्षको एस.ई.ई. परीक्षा सौहार्दपूर्ण बनाउन नेपाली कांग्रेस काभ्रेको शिक्षा शाखाले आग्रह गरेको छ ।

जिल्ला कार्यसमिति सदस्य एवम् शिक्षा शाखा प्रमुख दिपेन्द्र पौड्यालले एक विज्ञप्तिमार्फत विद्यार्थीहरुलाई शुभकामना दिनु हुँदै सरोकारवालाहरुको ध्यानाकर्षण गराउनुभएको छ । जारी विज्ञप्तिमा “अनुगमन र अवलोकनको नाममा परिक्षार्थीहरुलाई अनावश्यक रुपमा असहज हुने मानसिक तनाव दिने तवरबाट परिक्षा केन्द्रमा प्रवेश गर्ने कार्य नगरिदिनुहुन सम्बन्धित सबैमा ध्यानाकर्षण गराउँदै परीक्षा केन्द्रमा खटिनुहुने सम्पुर्ण शिक्षक, कर्मचारी तथा सुरक्षाकर्मीहरुले परीक्षा मर्यादित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गराउन आ–आफ्नो भुमिका निर्वाह गर्नुहुनेछ भन्ने पुर्ण विश्वास लिएको छु ।”

परीक्षा केन्द्रमा अनुगमनका क्रममा परीक्षाहलमा हुलका हुल प्रवेश गर्दा परीक्षार्थीहरुमा मानसिक त्रास प्रदा हुने भन्दै यस अघि आलोचना हुँदै आइरहेको छ ।

ताजा अपडेट

२०८२ अषाढ १६, सोमबार

काभ्रेमा ३८ प्रतिशत रोपाई

यो साताको प्रचलित

खोजी गर्नुहोस