बनेपाको पुलबजार र आसपासको क्षेत्र डुवानमा

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १२, शनिबार (६ महिना अघि)
  • ३८१ पटक पढिएको

बनेपाको पुलबजार र आसपासको क्षेत्र डुवानमा

अविरल बर्षापछि अरनिको राजमार्ग अन्तर्गत काभ्रेको बनेपा पुलबजार क्षेत्र डुवानमा परेको होl

पुलबजार क्षेत्र डुवानभएसँगै शनिबार बिहानदेखि अरनिको राजमार्गमा यातायात सञ्चालन अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक विकास तामाङले जानकारी दिए l

उनका अनुसार, निरन्तर पानी परिरहेकाले बाटो खुलाउन समस्या भएको छ । प्रहरी, स्थानीय निकाय र सडक विभाग बाटो खुलाउनको लागि प्रयासरत रहेको उनले जानकारी दिए l

पुलबजार क्षेत्र डुबानमा परेसँगै राजमार्गमा यातायात सञ्चालन अवरुद्ध भएकाले सयौं यात्रुहरु बीचबाटोमै रोकिएका छन् । राजमार्ग हुँदै उपचारका लागि हिंडेका, तर सडक डुबानमा परी बीच बाटोमै रोकिएका बिरामीहरुलाई नेपाली सेनाले र्‍याफ्टिङ बोटमार्फत उद्धार गरेको जिल्ला स्थित कालीजंग गणका गणपति प्रमुख सेनानी प्रकाश बहादुर सिंले जानकारी दिए ।

ताजा अपडेट

२०८२ बैशाख ९, मंगलबार

रविओपी बजगाई टोलमा आगलागी

खोजी गर्नुहोस