रास्वपाको प्रदर्शन न्यायालय प्रभावित गर्ने प्रयास : महामन्त्री शर्मा

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक ७, बुधबार (१ साल अघि)
  • ४३२ पटक पढिएको

रास्वपाको प्रदर्शन न्यायालय प्रभावित गर्ने प्रयास : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्तालाई सडकमा विलाप नगर्न सुझाएका छन्।

महामन्त्री शर्माले सामाजिक सञ्जाल एक्समार्फत रास्वपालाई उक्त सुझाव दिएका हुन्। शर्माले रास्वपाका नेता कार्यकर्तालाई अदालतको फैसला कुर्न र अनुसन्धानमा सघाउन समेत आग्रह गरेका छन् । उनले सडक विलापको जगहँसाइ नगर्न भनेका छन्।

संसदीय छानविन समितिको प्रतिवेदनमा रास्वपाकै प्रतिनिधिले पनि हस्ताक्षर गरेको स्मरण समेत महामन्त्री शर्माले गराएका छन्।

प्रतिवेदनले प्रचलित कानुन बमोजिम कारवाही गर्न भनेको बताउँदै प्रक्रिया सुरु भएपछि राजनैतिक प्रतिशोध भन्ने कुरा संसदीय समिति र संसदकै अपमान भएको समेत बताएका छन्।

‘कांग्रेसका दुईचार, एमालेका दुईचार, माओवादी, राप्रपा र रास्वपाका दुईचार मान्छे सहकारी ठगीमा जेल पर्ने भए भनेर रुवाबासी नगरौँ । अनुसन्धानलाई सघाऔँ, अदालतको फैसला कुरौँ । सडक विलापको जगहँसाइ नगरौँ,’ शर्माले लेखेका छन्।

सहकारी रकम अपचलन प्रकरणमा दोषीलाई कारवाही र बचतकर्ताको रकम फिर्ता अहिलेको राष्ट्रिय आवश्यकता रहेको स्मरण पनि उनले गराएका छन्। ‘न्यायालय अगाडिको प्रदर्शन न्यायालय प्रभावित गर्ने प्रयास वैकल्पिक राजनीति कि विधि उपर समेतको ठगी ?’ भन्ने प्रश्न पनि गरेका छन्।

ताजा अपडेट

२०८२ कार्तिक २८, शुक्रबार

कृषिका विविध कार्यक्रम गरिरहेका छौं

२०८२ कार्तिक २२, शनिबार

विदेश छाडेर पाखाबारी सजाउँदै कुँवर

२०८२ कार्तिक १७, सोमबार

पशुपालनमा रुपेशको लोभ लाग्दो छलाङ

खोजी गर्नुहोस