माओवादीले आज खबरदारी गर्दै

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक १०, शनिबार (८ महिना अघि)
  • ३२९ पटक पढिएको

माओवादीले आज खबरदारी गर्दै

नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा खबरदारी सभा आयोजना गर्दै छ।

केपी शर्मा ओली सरकारको सय दिन असफल र भ्रटारचारीलाई जोगाउने षडयन्त्र भइरहेको निष्कर्ष निकालेको माओवादीले भृकुटीमण्डपमा खबरदारी सभा गर्ने भएको हो।

सभालाई रचनात्मक र शान्तिपूर्ण हुने सो पार्टी नेताहरुको दाबी छ। बागमती प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय समितिको संयुक्त आयोजनामा जनप्रदर्शनसहित खबरदारी सभाको तयारी पुरा भएको उपत्यका विशेष समितिका अध्यक्ष जगत सिंखडाले बताए।

आज बिहान ११ बजे काठमाडौँ मलमा जम्मा हुन नेता तथा कार्यकर्ताहरू निर्देशन दिएको छ । त्यहाँबाट बाजा, झाँकीसहित ब्यानरको नेतृत्व अध्यक्ष पुष्पकमल दाहालसहित पदाधिकारीले गर्नेछन्।

सो जुलुश रत्नपार्क, बागबजार, पुतलीसडक, पद्मोदय मोड हुँदै भृकुटीमण्डपको सडकमा पुगेर सभामा परिणत हुने छ। सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्ने छन्। अपराह्न चार बजेभित्र सभा सम्पन्न गर्ने कार्यतालिका छ।

सभामा करिब २५ देखि ३० हजारसम्म सहभागी हुने आकलन गरिएको छ। कांग्रेस र एमाले मिलेर असारमा सरकार बनाएपछि माओवादी सत्ताबाट बाहिरिएको थियो।

ताजा अपडेट

२०८२ अषाढ ३१, मंगलबार

सञ्चालनमा आयो वीपी राजमार्ग

खोजी गर्नुहोस