दाहाल धम्क्याएको भरमा चल्ने प्रधानमन्त्री ओलीको अरोप

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक ११, आईतबार (५ महिना अघि)
  • ३२० पटक पढिएको

दाहाल धम्क्याएको भरमा चल्ने प्रधानमन्त्री ओलीको अरोप

प्रधानमन्त्री केपी ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल धम्क्याएका भरमा चल्ने गरेको आरोप लगाएका छन्।

आइतबार एनआरएनए स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले आफूहरुले हतियार नचलाए पनि कसरी बिसाउनुपर्छ भन्ने जानेको भन्दै प्रचण्डलाई जवाफ दिएका हुन्।

शनिबार काठमाडौंमा माओवादीले आयोजना गरेको खबरदारी सभामा दाहालले हतियार मात्रै बिसाएका हौँ, चलाउन विर्षेका छैनौं भन्दै अभिव्यक्ति दिएका थिए। आज ओलीले त्यसैको जवाफ फर्काएका हुन्।

‘हिजो एकजना उफ्रि उफ्रि भाषण गर्दै थिए, हतियार बिसाएको मात्रै हो भ्रम नरहोस् चलाउन बिर्सेको छैन, त्यस्तै त्यस्तै…। धम्क्याएका भरमा खाने,’ उनले भने, ‘त्यसलाई कसरी बिसाउन लगाउनुपर्छ भन्ने तरिका पनि हामीलाई थाहा छ। हामी चलाउन त चलाउँदैनौं तर बिसाउन लगाउन जानेको छौं।’

उनले विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने बताए। प्रधानमन्त्री ओलीले प्रविधि र उपकरण बढ्दो भएकाले विकास गर्न नसकिने भन्ने नहुने बताए।

‘नेपालमा विकासका लागि बाटाघाटा र आवश्यक पूर्वाधार बनेका छन्। अहिले दुर्गम भन्ने कुनै जिल्ला र भूभाग छैन। मिलेर काम गरेमा मुलुकलाई समृद्ध बनाउन सकिन्छ,’ उनले भने।

ताजा अपडेट

२०८२ बैशाख ९, मंगलबार

रविओपी बजगाई टोलमा आगलागी

खोजी गर्नुहोस