एमाले केन्द्रीय समितिको बैठक सुरु, ओलीको प्रतिवेदनमाथि छलफल हुँदै

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ पौष २१, आईतबार (१ साल अघि)
  • ५१९ पटक पढिएको

एमाले केन्द्रीय समितिको बैठक सुरु, ओलीको प्रतिवेदनमाथि छलफल हुँदै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समितिको बैठक सुरु भएको छ।

आइतबार पार्टी कार्यलय च्यासलमा सुरु भएको बैठकमा पुस १८ गते बसेको सचिवालय बैठकले पारित गरेको पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ।

सरकार गठनपछि ६ महिनाको समीक्षा प्रतिवेदन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिमा पार्टीलाई कसरी अघि बढाउने विषयमा केन्द्रीय सदस्यले आ–आफनो धारणा राख्ने छन्।

बैठकको प्रारम्भमा अध्यक्ष ओलीले पछिल्लो राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा मन्तव्य दिनेछन् । अध्यक्ष ओली नेतृत्वमा सरकार गठन भएपछि पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो।

संसद्को हिउँदे अधिवेशनको पूर्व सन्ध्यामा बस्न लागेको बैठकले संविधान संशोधनलगायतका ‘एजेण्डा’ मा ठोस धारणा तय गर्ने छ।

ताजा अपडेट

२०८३ आश्विन २४, शनिबार

समयको हिसाब

यो साताको प्रचलित

खोजी गर्नुहोस