पलेशालाई ६५ लाख नगदसहित सरकारको सम्मान

  • काभ्रे खबर
  • / खेलकुद /
  • २०८१ भाद्र २८, शुक्रबार (१ साल अघि)
  • ४८० पटक पढिएको

पलेशालाई ६५ लाख नगदसहित सरकारको सम्मान

सरकारले पेरिस पारालिम्पिक्समा कांस्य पदक विजेता पलेशा गोवद्र्धन ६५ लाख रुपैयाँ नगदसहित सम्मान प्रदान गरेको छ।

प्रधानमन्त्री निवास बालवाटारमा आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पलेशालाई नगद र प्रशंसापत्रसहित सम्मान गरे।

पलेशासँगै खेल प्रशिक्षक कविराज नेगीलाई पाँ लाख ८५ हजार र टीम व्यवस्थापकलाई २ लाख ९२ हजार रुपैयाँ पुरस्कारले सम्मान गरिएको छ।

पलेसाले पेरिस पारालिम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा कास्य पदक जितेकी थिइन्।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस