नेपाल प्रिमियर लिगको मार्की प्लेयर छनोट

  • काभ्रे खबर
  • / खेलकुद /
  • २०८१ भाद्र २९, शनिबार (१ साल अघि)
  • ५७९ पटक पढिएको

नेपाल प्रिमियर लिगको मार्की प्लेयर छनोट

नेपाल प्रिमियर लिगका मार्की प्लेयर छनोट भएका छन्।

शनिबार काठमाडौंमा एक कार्यक्रमबीच लिगमा सहभागी आठ टिमले मार्की प्लेयर छनोट गरेका हुन्।

‘लक्की ड्र’मार्फत भएको छनोटमा टिम काठमाडौंमा करण केसी, टिम पोखरामा कुशल भुर्तेल, टिम चिवतनमा कुशल मल्ल परेका छन्।

यस्तै, टिम विराटनगरमा सन्दीप लामिछाने, टिम लुम्बिनीमा रोहित पौडेल, टिम जनकपुरमा आशिफ शेख, टिम कर्णालीमा सोमपाल कामी र टिम सुदूरपश्चिममा दीपेन्द्रसिंह ऐरी चयन भएका छन्।

एउटा मार्की खेलाडीले तीन वर्ष खेल्नुपर्ने हुन्छ। मार्की खेलाडीलाई राख्न पाउने र रिलिज गर्ने अधिकार फ्रेन्चाइज टिमको हुनेछ र यसका लागि उसले क्यानसँग समन्वय गर्नुपर्ने बताइएको छ।

ताजा अपडेट

२०८३ भाद्र २२, सोमबार

कांग्रेसले दियो सरकारलाई १ करोड

२०८३ भाद्र २०, शनिबार

हामीले बिर्सेको योजना

यो साताको प्रचलित

खोजी गर्नुहोस