एल क्लासिकोमा रियलको नमिठो हार

  • काभ्रे खबर
  • / खेलकुद /
  • २०८१ कार्तिक ११, आईतबार (१ साल अघि)
  • ५०७ पटक पढिएको

एल क्लासिकोमा रियलको नमिठो हार

सिजनको पहिलो एल क्लासिकोमा रियल मड्रिडले नमीठो हार व्यहोरोको छ। रियल शनिबार राति घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको एल क्लासिकोमा बार्सिलोनासँग ४–०को फराकिलो अन्तरले पराजित भयो।

खेलमा बार्सिलोनलाई सानदार जित दिलाउन रोबर्ट लोवान्डोस्कीले २ गोल गरे भने लमिन यमाल र राफिन्हाले पनि गोल गरे।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। पहिलो हाफका रियलले दाबब बनाएपछि दोस्रो हाफमा भने बार्सिलोना उत्कृष्ट खेल पस्किएको थियो।

५४औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। ५६औं मिनेटमा लेवान्डोस्कीले नै बार्सिलोनाको अग्रता दोब्बर बनाए।

त्यससपछि ७७औं मिनेटमा यालमाले उत्कृष्ट फिनिसिङ गर्दै बार्सिलोनालाई ३–०को सहज अवस्थामा ल्याए। योसँगै यमाल क्लासिकोमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन्। उनी १७ वर्ष १०६ दिनका मात्र भए।

त्यसपछि ८४औं मिनेटमा राफिन्हाले गोल गरेपछि बार्सिालेना ४–०को फराकिलो अन्तरले विजयी भयो। योसँगै रियलको ला लागिमा ४२ खेल लामो अपराजित यात्रामा पनि पूर्ण विराम लागेको छ।

खेलमा रियलका किलियन एम्बाप्पेले २ गोल गरेपछि दुवै गोल भार मार्फत अफसाइड भएको थियो।

जितपछि बार्सिलोनाले शीर्ष स्थानमा ६ अंकको अग्ता बनाएको छ। बार्सिलोनाको ११ खेलमा ३० अंक छ भने रियलको समान खेलमा २४ अंक छ। तेस्रो स्थानमा भिल्लारियलको २१ अंक छ

ताजा अपडेट

२०८३ भाद्र २२, सोमबार

कांग्रेसले दियो सरकारलाई १ करोड

२०८३ भाद्र २०, शनिबार

हामीले बिर्सेको योजना

यो साताको प्रचलित

खोजी गर्नुहोस