पलाञ्चोक भगवतीको दान पेटिकाबाट रकम चोर्ने पक्राउ

  • काभ्रे खबर
  • / अपराध /
  • २०८१ चैत्र २२, शुक्रबार (८ महिना अघि)
  • ३०३ पटक पढिएको

पलाञ्चोक भगवतीको दान पेटिकाबाट रकम चोर्ने पक्राउ

काभ्रे । काभ्रेको पलाञ्चोक भगवती मन्दिर परिसरमा रहेको दानपेटिका फोडेर रकम चोर्ने व्यक्ति जिल्ला कारागार रामेछापमा फेला परेका छन्।

२०७९ कार्तिक १६ गते पलाञ्चोक भगवती मन्दिरमा रहेको दान पेटीका फोडेर ७० हजार रुपैयाँ चोरिएको थियो।

उक्त घटनाको निरन्तर अनुसन्धानमा रहेको काभ्रे प्रहरीले उक्त चोरीा संलग्न व्यक्तिलाई जिल्ला कारागार रामेछापमा रहेको पत्ता लगाएको हो ।

पलाञ्चोक भगवतीको दानपेटिका चोर्ने व्यक्ति काभ्रेको खानीखोला–७ का रविन खुलाल भएको पुष्टि भएसँगै जिल्ला प्रहरी कार्यालय धुलिखेल ल्याएर अनुसन्धान थालिएको छ ।

खुलाल रामेछापको खाँडादेबी मन्दिरमा रहेको दानपेटिका चोरीको अभियोगमा कारागार कार्यालय रामेछापमा थुनामा रहेको पाइएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस