छायाकंनको अन्तिम चरणमा बलिदान

  • काभ्रे खबर
  • / कला/संस्कृति /
  • २०८१ मंसिर ७, शुक्रबार (१ साल अघि)
  • ३३५ पटक पढिएको

छायाकंनको अन्तिम चरणमा बलिदान

दसैँ, तिहार र छठ जस्ता प्रमुख चाडपर्वहरू सम्पन्न भएसँगै फिल्म ‘बलिदान’ छायांकनको अन्तिम चरणमा प्रवेश गरेको छ।

शुक्रबारदेखि मोरङको कानेपोखरीमा निर्माण गरिएको भव्य सेटमा बाँकी छायाकंन सुरु गरिएको छ। चाडपर्वका कारण रोकिएको छायांकन अब तीव्र गतिमा अघि बढ्ने तयारीमा छ।

गत भदौमा छायाकंन सुरु भएको यस चलचित्रको अन्तिम तालिका करिब ४५ दिनको रहेको निर्देशक सन्तोष सेनले बताएका छन्। छायाकंनका लागि कलाकारहरू समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, दिव्यदेव र ऋचा शर्मालगायतका प्रमुख कलाकार मोरङ पुगेका छन्।

फिल्मको प्रदर्शन मिति छायाकंन सकिएको भोलिपल्ट टिजरसहित घोषणा गर्ने बारे निर्देशक सेनले बताएका छन्। ‘रिलिज मिति तय भइसकेको छ, तर यसको औपचारिक घोषणा टिजरबाट हुनेछ,’ उनले भने।

एक्सन प्रधान ‘बलिदान’मा दक्षिण भारतका चर्चित एक्सन निर्देशक तथा स्टन्डर सामको नेतृत्वमा करिब ३० जनाको टोलीले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै एक्सन दृश्य तयार गरिरहेको छ।

आसुसेन फिल्म्स प्रालिको प्रस्तुति रहेको फिल्ममा पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी सह–निर्माता रहेका छन्।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस