प्रविधिमैत्री साक्षरता र सीप अहिलेको आवश्यकता : प्रधानमन्त्री

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ भाद्र २३, आईतबार (९ महिना अघि)
  • ४०९ पटक पढिएको

प्रविधिमैत्री साक्षरता र सीप अहिलेको आवश्यकता : प्रधानमन्त्री

प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्।

आइतबार ५८औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले अनिवार्य तथा निःशुल्क शिक्षा पाउने मौलिक हकको सुनिश्चितता गरिने प्रतिवद्धता गरेका छन्।

विद्यालय उमेरका सबै बालबालिकालाई गुणस्तरीय शिक्षा र विद्यालय उमेर नाघेका नागरिकका निमित्त जीवनोपयोगी शिक्षाको अवसर जुटाउने विषय सरकारको प्राथमिकतामा अध्यक्ष ओलीको भनाइ छ।

‘विश्व अहिले सूचना प्रविधिको युगमा प्रवेश गरेको छ, त्यसकारण प्रविधिमैत्री साक्षरता र सीप अहिलेको आवश्यकता हो । प्रविधिमैत्री शिक्षा प्रदान गर्न सरकारले योजनाबद्ध रूपमा कार्य अगाडि बढाइरहेको छ,’ शुभकामना सन्देशमा उल्लेख छ।

हुन नदिन सरकारले दिवाखाजा, छात्रवृत्तिलगायत अन्य प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेको र यसलाई अझै सुधार गर्दै लैजाने सरकारको योजना रहेको स्पष्ट पारे।

ताजा अपडेट

२०८२ अषाढ १६, सोमबार

काभ्रेमा ३८ प्रतिशत रोपाई

यो साताको प्रचलित

खोजी गर्नुहोस