संवैधानिक परिषद्को बैठक बस्दै

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ भाद्र २८, शुक्रबार (१० महिना अघि)
  • ३७२ पटक पढिएको

संवैधानिक परिषद्को बैठक बस्दै

संवैधानिक परिषदको बैठक आज (शुक्रबार) बस्दैछ। प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न संवैधानिक परिषद्को बैठक बोलाएका हुन्।

यसअघि परिषद्को बैठक बुधबारका लागि बोलाइएको थियो। तर, बैठक अन्तिम समयमा सूचना टाँस गरेर स्थगित गरिएको छ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ मा अवकाशमा जाँदैछन्। अवकाशमा जानु १ महिनाअघि नै परिषद्ले नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने प्रावधान छ। तर, अहिलेसम्म परिषद्को बैठक बस्न सकेको छैन।

प्रधानन्यायाधीश नियुक्तीमा सहमति जुटाउन प्रधानमन्त्री ओलीले बिहीबार कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका थिए।

ताजा अपडेट

२०८२ अषाढ ३१, मंगलबार

सञ्चालनमा आयो वीपी राजमार्ग

खोजी गर्नुहोस