प्रदेश संरचना कुनैपनि हालतमा हट्दैन, थप उत्तरदायी बनाउँछौं : देउवा

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १, मंगलबार (२ महिना अघि)
  • १३८ पटक पढिएको

प्रदेश संरचना कुनैपनि हालतमा हट्दैन, थप उत्तरदायी बनाउँछौं : देउवा

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले इतिहासले गरेका गल्तीहरु अझैपनि समाधान गर्न नसकिएको बताएका छन्।

मंगलबार पार्टी कार्यलयमा आयोजित नेपाली कांग्रेसद्वारा आयोजित ‘संविधानको एक दशक–कार्यान्वयन र चुनौती’ विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले विभिन्न जातजातिले बनेको देश नेपालमा अझैपनि विभाजन रहेको भन्दै उनले कतिपय कुराहरु कानूनी रुपमा समाधान भएतापनि अझैपनि व्यहारमा भने लागू हुन नसकेको बताए।

‘एउटा कुरा स्पष्ट छ। नेपाल विभिन्न जातजातिले बनेको देश हो यो। तर अझैपनि विभाजन छ। इतिहासले गरेका गल्तीहरु अझैपनि समाधान गर्न सकिएको छैन,’ उनले भने, ‘त्यसैले छुवाछुतलगायतका जस्ता कतिपय कुराहरु अझैपनि कानूनी रुपमा समाधान भएतापनि व्यहारमा भने लागू भएको छैन।’

उनले प्रजातन्त्रको लागि विद्यार्थी कालदेखि नै जेलनेल भोगेको पार्टी भएका कारण कुनैपनि हालतमा प्रजातन्त्रको खिलाफको काम नगर्ने प्रतिवद्धता जनाए। प्रजातन्त्र अझ कसरी मझबुद बनाएर अगाडि बढाउने र जनताकाप्रति अझ बढी जवाफदेही बनाउने कुरा आजको आवश्यकता रहेको उनको भनाइ छ।

‘हामी प्रजातन्त्रको लागि पहिलेदेखि नै लडेर आएको हो। विद्यार्थी कालदेखि नै जेलनेल सबैकुराहरु भोगेको पार्टी हो। प्रजातन्त्रको खिलाफको कुनै पनि काम हुनसक्ने कुनै कुरा छैन,’ सभापति देउवाले भने, ‘यसलाई अझ कसरी मझबुद बनाउन अगाडि बढाउने र जनताकाप्रति अझ बढि जवाफदेही बनाउने कुरा आवश्यक छ।’

सभापति देउवाले प्रदेश संरचना हटाउने विषयमा धेरै कुरा उठ्ने गरेको भन्दै बनिसकेको प्रदेश संरचना कुनैपनि हालतमा नहट्ने स्पष्ट पारे। उनले सँधै प्रदेशबाट समानुपातिकबाट ल्याउने समस्या रहेको भन्दै जबसम्म नेपालमा आफै चुनाव जितेर आउने वातावरण बन्दैन तबसम्म समावेशी राजनीति आवश्यक रहेको धारणा राखे।

ताजा अपडेट

२०८१ मंसिर २१, शुक्रबार

स्वदेश फिर्किए भुटानी राजा वाङचुक

२०८१ मंसिर २१, शुक्रबार

काठमाडौं आइपुगे भुटानका राजा

खोजी गर्नुहोस