सेक्युरिटी प्रिन्टिङ प्रेस दुई बर्षभित्र सन्चालन गर्छौ: मन्त्री गुरुङ

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ आश्विन ९, बुधबार (२ महिना अघि)
  • १५८ पटक पढिएको

सेक्युरिटी प्रिन्टिङ प्रेस दुई बर्षभित्र सन्चालन गर्छौ: मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अलपत्र अवस्थामा रहेको पनौती-५ को आइटीपार्क स्थित सुरक्षण मुद्रण केन्द्रको बुधबार अनुगमन गर्दै २ वर्षभित्र पुर्णरुपमा सञ्चालनमा ल्याउने वताएका छन् ।

बुधबार केन्द्रको अनुगमन गर्दै मन्त्री गुरुङले दुई वर्षभित्रमा सुरक्षण मुद्रण केन्द्रलाई सञ्चलानमा ल्याउनको लागि सरकारले तयारी गरिरहेको बताए ।
उनले त्यसका लागि अर्थ मन्त्रालयसँग आवश्यक समन्वय र सहकार्य गरेर बजेट व्यवस्थापन भइरहेको बताए । मन्त्री गुरुङले केन्द्रको अनुगमन गर्दै केन्द्रका भवनहरु जीर्ण अवस्थामा रहेको र यसमा पूर्वाधारका धेरै कामहरु गर्नुपर्ने बताए ।

सरकारलाई आवश्यक पर्ने सरकारी छपाई सम्बन्धी सम्पूर्ण कामहरु जस्तै: हुलाक टिकट, अन्तःशुल्क स्टिकर, राष्ट्रिय परिचय पत्र लगायत कागजातहरु छपाइको व्यवस्थापन गरिने उनको भनाइ थियो ।
उनका अनुसार, हाल पासपोर्ट, बैंक नोट, बैंक कार्ड, अन्तशुल्क स्टिकरजस्ता सुरक्षण मुद्रण गर्न विदेशी संस्थामा भर पर्नुपर्ने बाध्यता रहेको भन्दै मन्त्री गुरुङले केन्द्र स्थापना भएपश्चात् राष्ट्रिय उत्पादकत्वमा वृद्धि, रोजगारी सिर्जनासहित हाल विदेशबाट आयात भइरहेका सुरक्षण मुद्रण सामग्रीको आयात प्रतिस्थापनमा समेत सहयोग मिल्ने बताए ।

पार्कभित्रै खानेपानीका लागि एक/एक लाख लिटरका दुई वटा खानेपानीका ट्याङकी निर्माण, छापाखानाका लागि आवश्यकपर्ने चार ठूला जेनेरेटर जडान तथा उक्त जेनेरेटर सञ्चालन गर्ने इन्धन भण्डारका लागि तीन लाख लिटर क्षमताको अण्डरग्राउण्ड डिजेल ट्याङकी निर्माण सम्पन्न भइसकेका छन् ।
प्रेस सञ्चालनमा आएपछि सुरक्षित मुद्रणबापत नेपालबाट बार्षिक रुपमा बाहिरिने रु १० अर्ब जोगिन अपेक्षा गरिएको छ । केन्द्रका लागि दुई सय प्राविधिकसहित करिब एक हजार जनशक्तिको आवश्यकतापर्ने जनाइएको छ । 

सूचना प्रविधि पार्क (आइटी पार्क) का लागि निर्माण गरिएका भौतिक पूर्वाधार प्रयोगविहीन अवस्थामा रहेपछि सोही पार्कलाई केही वर्षअघि केन्द्रमा परिणत गरिएको थियो । उक्त प्रेसको भौतिक निर्माणलगायत अन्य व्यवस्थापनको काम बजेट अभावमा एक वर्षदेखि रोकिएको थियो ।

ताजा अपडेट

२०८१ मंसिर २१, शुक्रबार

स्वदेश फिर्किए भुटानी राजा वाङचुक

२०८१ मंसिर २१, शुक्रबार

काठमाडौं आइपुगे भुटानका राजा

खोजी गर्नुहोस