कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरुकुलका ३३ जना नदी बिचमा अलपत्र

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १२, शनिबार (२ महिना अघि)
  • २०० पटक पढिएको

कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरुकुलका ३३ जना नदी बिचमा अलपत्र

कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरुकुलका ३३ जना नदी बिचमा अलपत्र परेका छन् । गुरुकुलका २६ जना बटुक (विद्यार्थी), ३ जना शिक्षक, २ जना कर्मचारी र २ जना मन्दिरका पुजारी शुक्रबार रातीदेखि बाढीमा फसेका हुन् ।

अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीका कारण काभ्रे, सिन्धुली र रामेछाप जिल्लाको सिमाक्षेत्रमा रहेको सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका वडा नं. १ दुम्जामा रहेको कुशेश्वर महादेव मन्दिरमा रहेको आदि लिंगेश्वर कुशेश्वर गुरुकुलका बटुकहरु, शिक्षकहरु, कर्मचारी र पुजारी गरि ३३ जना बाढीको भंगालोमा फसेको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।

मन्दिरको चारैतिर कोशी र रोशीको बाढीले छेकेपछि गुरुकुलका २६ जना बटुक (विद्यार्थी), ३ जना शिक्षक, २ जना कर्मचारी र २ जना मन्दिरका पुजारी बाढीमा फसेको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्माले जानकारी दिए । उनका अनुसार, उनीहरु शुक्रबार साँझ ४ बजेको समयमादेखि त्यहाँ फसेको जानकारी प्राप्त भएको छ ।

मन्दिरको चारैतिर कोशी र रोशीको बाढीले छेकेपछि उनीहरुलाई सुरक्षित स्थानमा लान नसकिएको उनले जानकारी दिए । उद्धारको लागि सुरक्षा निकाय तैनाथ अवस्थामा रहेपनि मौसल प्रतिकूलताका कारण त्यहाँसम्म पुग्न सक्ने स्थिति नरहेको उनले बताए ।

उनका अनुसार त्यहाँको स्थितिका बारेमा प्रहरीले प्रशासनले निगरानी गरेर राखेको अवस्था छ । उद्धारको लागि केन्द्रीय कार्यालयमा हेलिकप्टरको माग गरिएको छ । तर, मौसम प्रतिकुलताका कारण त्यहाँबाट पनि हेलिकप्टर तत्कालै आउन सक्ने स्थिती नरहेको उनले जानकारी दिए ।

ताजा अपडेट

२०८१ मंसिर २१, शुक्रबार

स्वदेश फिर्किए भुटानी राजा वाङचुक

२०८१ मंसिर २१, शुक्रबार

काठमाडौं आइपुगे भुटानका राजा

खोजी गर्नुहोस