काभ्रेमा बाढिपहिरोमा परी ६७जनाको मृत्यु, ८ अझै बेपत्ता

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १६, बुधबार (२ महिना अघि)
  • १९३ पटक पढिएको

काभ्रेमा बाढिपहिरोमा  परी ६७जनाको मृत्यु, ८ अझै बेपत्ता

काभ्रेमा बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ६७ पुगेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेको आज बिहानसम्मको तथ्यांकअनुसार आठजना अझै वेपत्ता रहेका छन् । वेपत्ता हुनेमा तेमाल गाउँपालिकामा मात्रै ५ जना रहेका छन् ।
तेमाल गाउँपालिका २ मा ३ जना र तेमाल गाउँपालिका १ मा २ जना वेपत्ता छन् । यस्तै धुलिखेल नगरपालिका ८ मा १ जना, नमोबुद्ध ५ मा १ जना र चौरीदेउराली गाउँपालिकामा १ जना वेपत्ता छन् । काभ्रेमा सबैभन्दा बढी पनौती नगरपालिकामा १८ जनाको ज्यान गएको छ भने वेथानचोक गाउँपालिकामा १२ जनाले ज्यान गुमाएका छन् । यस्तै तेमाल गाउँपालिकामा ९, मण्डनदेउपुर नगरपालिकामा ७, रोशी गाउँपालिकामा ७, नमोबुद्ध नगरपालिकामा ५, भुम्लु गाउँपालिकामा ३, बनेपा नगरपालिकामा ३ जनाले ज्यान गुमाएका छन् ।

यसैगरी धुलिखेल नगरपालिकामा २ जना र चौरीदेउराली गाउँपालिकामा १ जनाले ज्यान गुमाएका छन् । काभ्रेमा ज्यान गुमाउनेमा महिला ३० जना, पुरुष २३ जना, बालक ८ र बालिका ६ जना रहेका छन् । काभ्रेमा घाइते भएकामध्ये ५० जना उपचारपछि घर फर्केका छन् भने २१ जनाको उपचार भइरहेको छ ।

ताजा अपडेट

२०८१ मंसिर २१, शुक्रबार

स्वदेश फिर्किए भुटानी राजा वाङचुक

२०८१ मंसिर २१, शुक्रबार

काठमाडौं आइपुगे भुटानका राजा

खोजी गर्नुहोस