सरकारको कामप्रति अहिलेसम्म सन्तुष्ट छु : सभापति देउवा

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक ९, शुक्रबार (१ साल अघि)
  • ५७५ पटक पढिएको

सरकारको कामप्रति अहिलेसम्म सन्तुष्ट छु : सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सय दिनको कामप्रति आफु सन्तुष्ट रहेको बताएका छन्।

सभापति देउवाले नेकपा एमाले अध्यक्ष केपीेली नेतृत्वको सरकारले सय दिनमा गरेको कामबाट असन्तुष्टि जनाउनुपर्ने कुनै कारण नरहेको पनि बताए। कांग्रेस सभापति देउवाले न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उक्त भनाई राखेका हुन्।

देउवाले हनिमुन डेजमा सरकारले राम्रो काम गरेको भन्दै सबै किसिमबाट सरकारले गति लिएको बताए।

देउवाले विपद् व्यवस्थापन र राहत, उद्धारमा सरकारले कामै गरेन भनेर भ्रम फैल्याइएको पनि बताए । वर्तमान सरकार पूरा कार्यकाल जाने भनाई देउवाको थियो।

एमाले–कांग्रेसको सरकार बनेको दिनदेखि दुई वर्ष प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गर्ने र बाँकी डेढ वर्ष आफूले नेतृत्व गर्ने देउवाले स्पष्ट पारे।

सभापति देउवाले पार्टीभित्र सानातिना समस्या भइरहने बताउँदै अर्को दलसँग मिलेर सरकार बनाउँदा केही समस्याहरू आउनु स्वभाविक भएको भनाई पनि राखे।

ताजा अपडेट

२०८३ भाद्र २२, सोमबार

कांग्रेसले दियो सरकारलाई १ करोड

२०८३ भाद्र २०, शनिबार

हामीले बिर्सेको योजना

यो साताको प्रचलित

खोजी गर्नुहोस